प्रकाशित मिति : २०२०-०२-१० (अद्यावधिक मिति : २०२०-१२-२९)

देशमा संघिय व्यवस्था लागु भईसकेपछि प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश २ को मातहतमा रौतहट  जिल्ला कार्यक्षेत्र रहने गरी वि.सं. २०७५ सालमा कृषि ज्ञान केन्द्र, रौतहटको स्थापना भएको हो l रौतहट जिल्लाको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रलाई समयसापेक्ष नयाँ प्रविधिको माध्यमबाट आधिनिकिकरण र व्यवसायीकरण गरी समग्र जिल्लावासीको जीवस्तरमा सुधार ल्याउनु तथा लोप भइरहेका बलिहरुलाई संरक्षण तथा बलि विस्तार गर्ने र थप खेति मध्ये च्याउ, माहुरी, रेसम, गडयौलाहरुलाई क्षेत्र बिस्तार गरि आय आर्जनमा बृधि गराउने यस कार्यालयको मुख्य जिम्मेवारी रहेको छ l कृषि ज्ञान केन्द्र रौतहट जिल्लाको सदरमुकाम गौर स्थित बाल मन्दिर बिध्यालयको पुर्व मा रहेको छ l